हापुरे, पुस २७ । इलाका प्रहरी कार्यालय खिलतपुरमा समुदाय प्रहरी साझेदारी भवन तथा अस्थायी ट्राफिक प्रहरी कार्यालयको भवन उद्घाटन गरिएको छ ।
बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले सोमवार दूईवटा भवनको उद्घाटन गरेका हुन ।
गाउँपालिकाको करिब ११ लाख आर्थिक सहयोगमा ती भवन निर्माण गरिएको हो । भवन नुहँदा प्रहरी कार्यालयमा हुने छलफल र मद्दा ब्यबस्थापनमा समस्या थियो ।
अब त्यो सजिलो हुने अपेक्षा गरिएको छ । त्यस्तै अस्थायी ट्राफिकको भवन निर्माणले सवारी साधन सम्बन्धि समस्या सहज हुने अपेक्षा गरिएको छ ।
बबई गाउँपालिका ६ का वडाध्यक्ष रामबहादुर डाँगीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो ।
अध्यक्ष भुबनेश्वर पौडेलले प्रहरी र नागरिकको सहकार्यमा मात्रै शान्ति सुरक्षा कायम हुने बताए ।
कार्यक्रममा उपाध्यक्ष साबित्रा बिश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टीका लुम्बिनी प्रदेश सदस्य भिमबहादुर वलीले मनतब्य व्यक्त गरेका थिए ।
कार्यालय प्रमुख प्रहरी निरिक्षक मोहनबिक्रम केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण टीरामम वलीले गरेका हुन ।