२०८१ असोज ४ गते शुक्रवार

कौशिलापुरमा आयुर्बेद उपचार केन्द्रको उद्घाटन

हापुरे, पुस २७ । बबई गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ ।

आयुर्बेद चिकित्सा पद्धति मार्फत उपचार गर्न वडा नम्बर ६ कौशिलापुरमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको हो ।

केन्द्रमा दूई कबिराज र एक जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । केन्द्र मार्फत् ४० प्रकारका औषधी बितरण गर्ने ब्यबस्था मिलाइएको छ ।

प्रदेश सरकारको सहयोगमा केन्द्र सञ्चालनमा आएको हो ।

सोमवार केन्द्रको उद्घाटन गरिएको छ । अस्पतालको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले चिकित्सा पद्धति मार्फत् उपचारको थालनी गरेकोमा खुसी ब्यक्त गरे ।

सेवा केन्द्र मार्फत् सर्वसाधारण नागरिक लाभान्बित हुने उनले आशा व्यक्त गरे ।

राप्ती आयुर्बेद चिकित्सालय तुलसीपुरका प्रमुख डा। मदनकुमार बिसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साबित्राकुमारी बिक, प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ल, वडाध्यक्ष नन्दलाल वली, नेकपाका जिल्ला सदस्य तिलकबहादुर केसी, स्वास्थ्य शाखा प्रमुख हेमराज वली, नेपाली काँग्रेसका वडा सभापति डिल्लीबहादुर खड्का, स्थानीय प्रदिप केसीले मनतब्य व्यक्त गरेका थिए ।

वडाध्यक्ष रामबहादुर डाँगीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण डा। कैलाश न्यौपानेले गरेका हुन ।

यसअघि बबई गाउँपालिमा संघीय सरकारको सहयोगमा १५ सैयाको अस्पताल हंसपुरमा मंसिर १५ गते शिलन्याश गरिएको छ ।

हापुरेमा प्रदेश सरकारको सहयोगमा बिशेषज्ञ स्वास्थ्य सेवासहितको अस्पताल निर्माणको तयारी भइरहेको छ ।

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *