तिर्थराज ज्ञवाली, देउखुरी, पुस २६ । सिसहनिया उद्योग बाणिज्य संघले खौराहा बाबा धार्मिक स्थलमा घन्टी राखेको छ ।
धार्मिक स्थानको पर्बधन गर्ने उदेश्यका साथ राप्ती गाउँपालिका वडा नं. ५ कालापानीस्थित खौराहा बाबा धार्मिक स्थलमा १५ किलोको घन्टी राखिएको हो ।
खौराहा बाबा धार्मिक तथा पर्यटकीय स्थललाई थप आकर्षक बनाउन घन्ट राखिएको बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीले बताए ।
राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षतामा घन्टीको अनावरण गरिएको हो ।
वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतले खौराहा बाबा धार्मिक तथा पर्यटकीय स्थलको विकाशमा भविस्यमा गुरु योजना बनाएर अगाडि बढ्ने विश्वास दिलाए ।
स्थानिय सहयोग दाता, धार्मिक ब्यक्ति, संघ संस्थाहरुको सहयोगमा त्यहाँ मन्दिर निर्माण, पोखरी विस्तार, पिकनिक स्थाल निर्माण गरिएको ईश्वरी अधिकारीले जानकारी दिए ।