२०८१ असोज ४ गते शुक्रवार

रेडक्रस घोराही उपशाखाको १० औं अधिबेशन  

घोराही,पुस २५ । नेपाल रेडक्रस सोसाईटी घोराही उपशाखा दाङको १०औ उपशाखा सभाको अधिवेशन शनिवार घोराहीमा भएको छ ।

उप शाखा सभापति थम्मन चौधरीको अध्यक्षता एबम घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

वक्ताहरूले रेडक्रसले विपद व्यवस्थापनमा खेलेको भूमिका तथा द्वन्दकालमा खेलेको समन्वयकारी भूमिकाको महत्वपूर्ण रहेको चर्चा गरेका थिए ।

भविस्यमा पनि त्यस्तै समन्वयकारी भूमिका निर्वाह गरि राख्न उनीहरुको आग्रह छ ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष पाण्डेयले स्थानीय सरकार जान नसकेको स्थानमा रेडक्रस पुगेकोे स्मरण गर्दै विपद व्यवस्थापन तथा मानविय सेवामा स्थानीय सरकार संग विगत जस्तै जोडी रहन आग्रह गरे । उनले उपशाखाको भौतिक तथा क्षमता विकाशका लागि सदैव सहयोगी वन्ने बताए ।

सभाले सचिव ईन्द्रबहादुर बुढाथोकीले पेश गरेको प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष चिरञ्जिवी बुढाथोकीले पेश गरेको आर्थिक प्रतिवेदन अनुमादन गरेको छ ।

कार्यक्रममा आजिवन सदस्य उद्धब न्यौपाने, सस्थापक सभापति रामदयाल गुप्ता,पुर्ब सभापति नरेश जंग राना, जिल्ला शाखाका मन्त्री प्रकाश श्रीवन्द लगाएतकाले रेडक्रसले नयाँ पुस्तालाई मानवीय सेवामा लाग्न उत्प्रेरित गर्नु पर्ने बताए ।

 

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *