२०८१ माघ १३ गते आइतवार

वडा अपराध मुक्तः अध्यक्ष वली


दिप्तीशिखा चौधरी
दंगीशरण, २५ मंसिर ।

दंगीशरण गाउँपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष वीरबहादुर वलीले आफू वडाको प्रतिनिधिको हैसियतले वडामा हुने कुनै पनि घटनामा प्रहरीसँग हातेमालो गर्ने बताएका छन् । वडाको समृद्धिका लागि सबै निकायसँग पहल गर्ने बताए । उनले आफ्नो कार्यकालसम्म वडा अपराधमुक्त गरी अहम् भूमिका निर्वाह गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

बागर प्रहरी चौकीले आयोजना गरेको समुदाय साझेदारी प्रहरी गठन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रहरीको यो कार्य उदाहरणीय रहेको भन्दै वडाको विकास र समृद्धि अपराधमुक्त गतिविधिले मात्र हुने बताए । उक्त अवसरमा बागर खानेपानीका प्रमुख धरमनाथ योगीले विगतमा प्रहरीले विभिन्न प्रकृतिका कार्यक्रम गर्दै आएको र अहिलेको यो पञ्चबर्षिय योजनाअन्तर्गतको प्रहरी साझेदारी कार्यक्रमले झनै समुदायमा भएका अपराधिक घटनालाई कम गर्ने कुरामा विश्वास ब्यक्त गरे । प्रहरीले अहिले राम्रो कामको थालनी गरेको भन्दै यसले नागरिक र प्रहरीको सम्बन्ध अझै घनिष्ट हुने बताए ।

उक्त अवसरमा मंगलबार समुदाय साझेदारी प्रहरी वडा समिति गठन गरिएको छ । सामुदाय प्रहरी साझेदारी प्रहरीको अवधारणाअन्तर्गत साझेदारी प्रहरी वडा समिति गठन गरिएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष वीरबहादुर वलीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । जसको सह–संयोजकमा बागर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जोरासिंह अधिकारी रहेका छन् ।

त्यस्तै सदस्य सचिवमा बागर प्रहरी चौकीका प्रहरी हवल्दार जीत बहादुर वली, सदस्यहरुमा वडा सदस्य टिकाराम खड्का, भूप बहादुर वली, दलित महिला सदस्य मुनादेवी सुनार, महिला सदस्य आङ्ने चौधरी, समाजसेवी देव बहादुर केसी, ज्ञान बहादुर कँवर, बागर खानेपानीका प्रमुख धरमनाथ योगीलगायतका रहेका छन् । कार्यक्रमको सहजीकरण वडा सचिव यमप्रसाद नेपालीले गरेका थिए । प्रहरी चौकी बागर मातहतका वडास्तरीय समुदाय प्रहरी गठन भईसकेको र अब लगत्तै टोल स्तरीय समिति गठन गरिने जनाईएको छ ।

तुलसीपुर वडा नं. ५ मा समुदाय–प्रहरी साझेदारी समिति

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको संयोजकत्वमा समुदाय–प्रहरी साझेदारी समिति गठन गरिएको छ । जसको सह–संयोजकमा प्रहरी नायव निरीक्षक कृष्णबहादुर पुजारा, सदस्यहरुमा सुरेश कुमार श्रेष्ठ, अजय बुढाथोकी, सञ्जय कुमार गुप्ता, कुमारी सावित्रा गुरुङ, मधु सुनार, विनिल केसी, मिनराज भण्डारी, सन्दिपन रिजाल, निर्मला खड्का, निर्मल कुमार आचार्यलगायत रहेका छन् । वडाको मुल समितिले आवश्यकता अुनसार प्रत्येक टोलमा पनि समुदाय प्रहरी साझेदारी समिति गठन गर्ने बताइएको छ । समाजलाई अपराध मुक्त बनाउन पहिलो पटक गृह मन्त्रालयले यस्तो अवधारणा अघि सारेको हो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *