काठमाडौं, पुस २३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु पर्ने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभामा उपाध्यक्ष गौतमले अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन ।
‘ प्रधानमन्त्री अलल्पमतमा परे पदबाट राजीनामा दिनुपर्दछ। त्यससले पार्टी फूटबाट जोगिन्थ्यो,’ गौतमले भने, ‘म भए अविश्वास प्रस्ताव दर्ता गर्नु अघि नै राजीनामा दिन्थें।’
गौतमले प्रतिनिधि सभा भंग गर्नुअघि आफूलाई प्रधानमन्त्रीले जानकारी समेत नदिएको बताए । त्यस्तै अर्कौ पक्षले समेत अविश्वासको प्रस्ताव दर्ता गर्दा कुनै जानकारी नदिएको उनले बताए ।
आफु प्रधानमन्त्रीको कटु आलोचक भएको भन्दै गौतलमले ओलीको कार्यशैलीले नै पार्टीमा धेरै विवाद उत्पन्न हुने गरेको बताए ।
‘उहाँ ४३ वर्षदेखि सहयोद्धा र मित्र हो। उहाँलाई धेरै पटक कार्यशैली सुधार गर्न सुझाब राखेको छु,’ गौतमले भने, ‘एमालेभित्र संगठन निर्माण गर्ने भित्र म पर्छु होला। कठिन परिस्थितिमा एक ठाउँमा छौं। तर प्रतिनिधि सभा भंग गर्दा उहाँले एक पटक पनि सोध्नुभएन ।’
उनले आफुले मेहेनत गरेर निर्माण गरेको पार्टी फूटको संघारमा पुगेको भन्दै चिन्ता जाहेर गरे ।
त्यस्तै उनले प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीबाट पराजित गर्ने काम होला भन्ने आफूले नसोचेको पनि बताए।
उनले आफुले आलोचना गर्ने समूहभित्र बसेर पनि पार्टी एकतालाई जोगाउँदै आएको तर्क गरे ।
अविश्वास प्रस्तावलाई असफल बनाउन आफु सामेल हुन सक्दैन भनेको र पार्टीमा आरोप प्रत्यारोप पत्र राख्दा पनि सुधारका लागि उपाय हुन सक्छ भनेर राखेको तर्क गरे ।