२०८१ भाद्र २३ गते आइतवार

बेवारिसे अवस्थामा गैँडाको खाग भेटियो

चितवन,पुस २३ । चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो ।

दुईवटा भाले गैँडा एक आपसमा जुधेर गैँडाको खाग भाँच्चिएको उनले जानकारी दिए । खाग भेटिएपछि गैँडाको खोजी गरिएको थियो । अन्दाजी २० वर्षको गैँडा खागविहीन अवस्थामा भेटिएको उनले बताए ।

गैँडाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । भाले गैँडा एकापसमा जुधेर मर्नेसमेत गर्दछन् । मुख्यरूपमा पोथीसँगको संसर्गको समयमा भाले जुध्‍ने गर्दछन् । निकुञ्जमा यस आर्थिक वर्षमा मात्रै चार वटा गैँडा तस्करले मारेको अवस्थामा भेटिएका छन् ।

यससँगै निकुञ्ज सुरक्षामा निकै कडाइ गरिएको छ । पन्ध्र वर्र्षभन्दा बढी समयदेखि फरार दुई अभियुक्त हालै पक्राउ परेका छन् । दुर्लभ एकसिङ्गे गैँडाको लागि निकुञ्ज विश्वमै प्रख्यात छ ।

प्रकाशित मिति : २०७७ पुष २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *