तुलसीपुर, २२ पुस । नेपाली काँग्रेस क्षेत्र नं. ३ ले प्रधानमन्त्री केपी शर्मा वलीले चालेको असंवैधानीक कदम विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेस क्षेत्र नं. ३ ‘क’को आयोजनामा वुधवार तुलसीपुरमा सम्पन्न बैठकले नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिले देश भरिको ३३० वटै निर्वाचन क्षेत्र प्रदेश स्तरको तहमा सरकारको असंवैधानिक कृयाकलाप को विरुद्धमा व्यापक विशाल विरोध कार्यक्रम तय गरे संगै यहि पुस २५ गते तुलसीपुरमा पनि विरोध कार्यक्रम गर्ने निर्णय गरेको क्षेत्रीय सचिव चुर्णबहादुर चौधरीले जानकारी दिएका छन् ।
असंवैधानीक कार्य विरुद्ध विरोध सभामा हुन नेपाली काँग्रेस क्षेत्र नं. ३ ‘क’का सभापति घनश्याम ढकालको अध्यक्षता तथा क्षेत्र नंं ३ का सभापति जगतबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको वैठकले पुस २५ गते दिउसो साढे १२ बजे नेपाली काँग्रेस तुलसीपुरको पार्टी कार्यालयमा उपस्थीतिका लागि अनुरोध समेत गरेको छ ।
पार्टी कार्यालबाट विरोध ¥याली सुरुभई वीपी चोकमा पुगेर कोणसभा हुने काँग्रेसले जनाएको छ ।
त्यस्तै नेपाली काँग्रेस क्षेत्र नं. ३ ‘क’ अन्तर्गतका सम्पूर्ण क्रियाशिल सदस्यहरुलाई उपस्थीतिका लागि आह्वान गरिएको छ ।वैठकले पार्टीका नेता कार्यकर्ता, भातृ संघ संगठन, सुभेच्छुकसवैलाई सहभागीताका लागि समेत अनुरोध गरेको छ ।