२०८१ भाद्र २६ गते बुधवार

बाँकेमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

बाँके,पुस २१ । कोरोना संक्रमणबाट बाँकेमा तीन जनाको मृत्यु भएको छ ।

कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा २ जना र भेरी अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको हो ।

दाङको घोराही उपमहानगरपालिका १८ का १३ वर्षिय बालकको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यू भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि पुस १९ गते अस्पतालमा भर्ना भएका उनको २० गते कोरोना संक्रमण पुष्टी भएको थियो। उनको आज विहान पौने ८ बजे मृत्यू भएको अस्पतालले जनाएको छ ।

सोही मेडिकल कलेजमा कञ्चनपुर महेन्द्रनगर ८ का ६० वर्षिय पुरुषको मृत्यु भएको छ। पुस १७ गते अस्पताल भर्ना भएका उनको उपचारको क्रममा विहान सवा ७ बजे मृत्यु भएको हो।

भेरी अस्पतालमा उपचाररत बाँकेका ६८ वर्षीय पुरुषको मृत्यु भएको छ। पुस ९ गते कोरोना संक्रमण पुष्टी भएका उनको उपचारको क्रममा सोमबार राती साढे १२ बजे मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *