२०८१ भाद्र २५ गते मङ्गलवार

बबईमा धमाधम जग्गाको लगत संकलन गरिदै

हापुरे, पुस २० । बबई गाउँपालिकाले आउने असार महिनाभित्र लालपुर्जा बितरण गर्ने गरि काम भइरहेको जनाएको छ ।

भूमि सम्बन्धि समस्या समाधान आयोगसंग गत कार्तिक २७ गते सम्झौता गरेको गाउँपालिकाले अहिले भूमिको लगत संकलनको काम जारी राखेको छ ।

हाल २३ जना कर्मचारीले बस्तिमा पुगेर काम गरिरहेको पालिका अध्यक्ष भुबनेश्वर पौडेलले बताए ।

भूमिहिन दलित, भूमिहिन, सुकुम्बासी तथा अब्यस्थित बसोबासीको जग्गाको लगत लिने काम चलिरहेको उनले बताए ।

आयोगले पुस ८ गते सार्बजनिक सूचना प्रकाशित गरि ३५ दिनभित्र भूमिको लगत संकलन गर्न आग्रह गरेको छ ।

पहिलो चरणमा आयोगले बबई गाउँपालिकासहित १४ वटा स्थानीय पालिकामा भूमिको समस्या समाधान गर्ने गरि काम सुरु भएको बताएको छ ।

गाउँपालिकाले जग्गाको लगत लिने र वडास्तरबाट सिफारिस गर्ने काम चल्ने प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्लले जानकारी दिए ।

त्यसपछि पालिकास्तरमा गठन भएको आयोगले जिल्लामा सिफारिस गर्ने र लालपुर्जाको चरणमा पुग्ने प्रमुख मल्लले बताए ।

 

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *