२०८१ भाद्र २३ गते आइतवार

प्रदेश १ ले जित्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि

दाङ,पुस १९ । विभागीय टोली एपिएफलाई हराउँदै प्रदेश नम्बर एकले दाङमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० प्रतियोगिताको उपाधि जितेको छ।

डिफेन्डिङ च्याम्पियनसमेत रहेको एपीएफलाई रोमाञ्चक खेलमा ६ रनले हराउँदै प्रदेश(१ ले उपाधि जितेको हो।

लमही क्रिकेट मैदानमा प्रदेश–१ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपिएफ निर्धारित २० ओभरमा ९९ रनमा समेटियो।

एपिएफलाई रोक्न एक नम्बर प्रदेशका लागि कप्तान रूविना क्षेत्री र आलिसा खडियाले समान २(२ विकेट लिइन् भने संगीता राईले १ विकेट लिइन्।

एपिएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रन बनाइन्। करूणा भण्डारीले २६ रन बनाउँदा ज्योति पाण्डेले १४ रन जोडिन्।

यसअघि टस जितेर पहिले ब्याटिङ निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाएको थियो।

प्रदेश(१ को ब्याटिंगमा ओपनर अप्सरी बेगमले सर्व्धिक ३५, काजल श्रेष्ठले अविजित २९ तथा कप्तान रुबिना क्षेत्रीले १८ रन योगदान दिएका थिए।

नियमित ओभर काजल श्रेष्ठको स्थानमा ओपनिंग ब्याटिंगम आएकी अप्सरी बेगम र कप्तान रुबिना क्षेत्रीले ५८ रनको सर्वाधिक ओपनिङ साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए।

१३ औं ओभरमा रुबिना र अप्सरी दुवैलाई एपीएफ कप्तान सिता राना मगरले पेभेलियन फर्काइन्। त्यसपछि सिताले रोम थापाको पनि विकेट लिंदै प्रदेश(१ लाई इनिंगको अन्तिममा दबाब बनाइन्। त्यसपछि तेस्रो नम्बरमा ब्याटिंग गरेकी काजल श्रेष्ठले एक किनार सम्हाल्दै अन्तिमसम ब्याटिंग गरिन्।

एपीएफको बलिंगमा कप्तान सिता राना मगरले सर्वाधिक ३ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा १७ रन खर्चिन्। करुणा भण्डारीले १ विकेट हात पारिन्।

प्रतियोगिताको समुह चरणको खेलमा एपीएफ समुह ‘ए’ को तथा प्रदेश(१ समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो। एपीएफले सेमीफाइनलमा सुदूरपश्चिमलाई तथा प्रदेश(१ ले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनल यात्रा गरेको हो।

प्रतियोगिताको विजेता एक नम्बर प्रदेशले नगद ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछ भने उपविजेतामा चित्त बुझाएको एपिएफले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै सेमीफाइनलमा पराजित सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले समान २५(२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित मिति : २०७७ पुष १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *