बितेको विगतलाई सम्झिएर म आफैं झस्किए । रहरै रहरले पत्रकारिता क्षेत्रमा लागेको पनि आज झण्डै ७ वर्ष बितिसके छ । हिजो जस्तै लाग्छ म यो पेशामा लागेको ।
तर दिनहरु बितेको पत्तै नहुने रहेछ । विगत ७ वर्षदेखि म यो पेशामा निरन्तर लागिपरेकी छु । यो मेरो सानैदेखि रुचिको बिषय थियोे ।
यो पेशामा काम गर्ने ठूलो सपना बुनेकी म सोचे अनुरुप अहिले पनि उत्तिकै खुशी छु । रमाई रहेकी छु ।
जसका कारण आज मेरो पहिचान बनेको छ । त्यो चाहे सीमित भूगोलमै किन नहोस । आफुले आफुलाई कसरी स्थापित गर्ने भनेर लागि परेकी छु ।
सबैले बालापनमा देखेका सपनाहरु कहाँ प्राय पुरा हुन्छन् र रु तर, मेरो सपना भने सोचे अनुरुप पुरा भइरहेको महसुस गर्छु । रुचिको पेशा गर्न पाउँदा म सन्तुष्ट छु ।
बिगत सम्झदा भने आज अच्चम लाग्छ । एक्लै हुँदा हाँसो पनि उठ्छ । सोच्थे त्यत्ति सानो रेडियोमा बोल्ने मान्छे कत्रा हुन्छन होला भनेर ?
जतिबेला रेडियो क्रेज न थियो । पत्रकार कस्तो सम्मानित पेशा हँ ? म कहिले ठूलो भएर यो काम गरुला रहर लाग्थ्यो ।
म पनि त्यसैगरी समाज रुपान्तरण र परिवर्तनको लागि केही गर्न सक्ने कहिले हुन्छु रु भनेर सोच्थे । यसमध्ये पनि रेडियोमा बोल्न झनै रहर थियो ।
कि, आवाजले समाज परिवर्तन गर्छ रे रु कतै सुनेकी थिए । कार्यक्रम चलाउन,समाचार पढ्ने खुब हुटहुटी थियो ।
तर, त्यो सबै सोच्ने बित्तिकै संभव हुने कुरै थिएन । किनकि म सानै थिए । मेरो बाल्य काल अर्घाखाँचीमा बित्यो । अहिले पनि हाम्रो पुर्खौली त्यही घर छ ।
त्यो बाल्यकाल, त्यो समय,ती दिन अहो १ साँच्चीकै अहिले समय कायापलट भएको जस्तो लाग्छ । पहिले र अहिलेमा धेरै परिवर्तन भएको छ ।
बिक्रम संवत २०६६ सालमा स–परिवार हामी दाङ बसाई सरेर आएका हौं । समय बित्दै गयो । कक्षा ६ मा पढ्दा दाङ आएकी फुच्ची यमकला पनि एसएलसी दिने भइसकी भन्दै जिस्काउथे गाउँघरका साथीसंगीहरु ।
२०६९ सालमा मैले एसएलसी पनि दिए । परीक्षा सकिएपछि के गर्ने त रु घरमा कुरा चल्यो । अब ठूली भैसक्यौँ बिहे गर्नुपर्छ भनेर । म आत्तिए, हैट ।
मेरो मनमा विहे हैन बरु केही गर्ने चाहाना थियो । आफ्नो परिवार,समाज अनि आफ्नो भविष्यका लागि शनिवारको दिन यसैपनि विदाको दिन थियो ।
घर परिवारसंग बसिरहेकी थिए । म मात्र होईन घरमा सबैलाई राम्रो लाग्ने रेडियो हाम्रो पहँुच गुन्जिरहेको थियो ।
त्यतिबेलै मैले रेडियो मार्फत पत्रकारिता तथा उद्घोषण तालिम खुलेको सूचना सुने । त्यो सुन्दा खुसीको सीमानै रहेन । म भूवा बनेर उड्यो ।
अर्को दिन म रेडियोमा पुगेर तालिमका लागि फारम भरे । तालिम पछि धेरै व्यक्ति संगको प्रतिस्पर्धा पछि म पनि टप टेनमा पर्न सफल भए ।
टप टेनमा परे पछिको खुसीको सीमानै रहेन । सायद जिवनको सबै भन्दा धेरै खुसी भएको दिन थियो त्यो । अब मेरो रेडियोमा बोल्ने सपना पुरा हुने भयो भनेर ।
केही समय रेडियो हाम्रो पहँुचमा बाल कार्यक्रम सञ्चालन गरे । काम गर्दा थप अरु सीप पनि सिक्ने अवसर प्राप्त गरे । मनमा थप केही गर्ने भोक जो थियो ।
अनि म रेडियो पाठशाला ,रेडियो प्रकृति, तुलसीपुर अनलाईन पछि म हाल गणतन्त्र राष्ट्रिय दैनिक र फरककोण अनलाईनमा कार्यरत छु ।
म यति धैरै सञ्चार संस्थामा काम गर्दा धेरै अनुभवहरु बुटल्ने अबसर पाए । मैले जहाँ काम गरे त्यही मेरो विश्वविद्यालय माने । र संघर्ष गरे ।
तै पनि कहिले काँँही दिक्क पनि लाग्थ्यो । सिनियर ठानिएका व्यक्तिको व्यवहार र आचरण प्रति ।
किन ? उनीहरु मान्छेलाई मान्छे नै ठान्दैनन होला रु भनेर सोच्थे । फेरि, सोच्थे अहमताले मलाई होईन उनीहरुलाई नै खाने हो । म राम्रो भए पुग्छ ।
जो घोच्ने बाणहरु अझैं सुल बनेर बिझेका छन् । जो अवसर खोजेर हात लामो पार्न खोज्थे । फरक आस्था भएकै भरमा कामबाट एकाएक गलहत्याउने काम पनि भए ।
पछि म पनि जस्ताको लागि त्यस्तै व्यवहार गर्न थाले । मेरा अग्रज आदरणीय गुरुहरु, घरपरिवार, दाइ दिदीहरुको साथ सहयोग र माया नै मेरो प्रेरणाको स्रोत हुन । म उहाँहरु सबैलाई नमन गर्न चाहान्छु ।
अवका दिनहरुमा पनि म यो पेशामै रमाउने प्रण गर्न चाहान्छु । तै सुख दुःख हाँसो खुशीको क्रम चलिरहन्छ ।
आफ्नो काम प्रति पूर्ण सन्तुष्ट मान्छे त को नै होला र रु तर पनि म आफुलाई आफैं खुशी नै ठान्छु ।
परिवर्तन क्रमिक हुँदैछ । तर, हाम्रो समाज त त्यही हो । छोरी मान्छेलाई घर बाहिर निस्कन अहिले पनि सजिलो छैन । कामबाट अलि ढिलो फर्कदा पनि कहाँ सजिलो छ र ?
भन्नलाई जति सजिलो गरि राज्यको चौँथो अंग भनिएको छ, पत्रकारीता पेशा महिलाको हकमा त्यति सजिलो अवस्य छैन । चुनौतीपूर्ण छ ।
महिला भएकै कारण मिडिया हावस भित्र हुने दूव्र्यबहार र श्रम शोषण कम्ता पीडादायी छैन । समान कामको समान ज्याला रु पटक्कै छैन । श्रमको सम्मान, सुरक्षा साथै महत्व नवुझ्ने व्यक्तिका कारण पनि कतिपय हामि जस्तै पत्रकार महिला विस्थापित भएका थुपै उदाहरण छन् ।
तर, काम गर्दा चुनौती नभई अवसरहरु कहाँ सजिलै पाइन्छ र रु मैले हरेक चुनौतीलाई अवसरका रुपमा लिदै आएको छु ।
पैसा भन्दा मान्छे चिन्नु आफुलाई चिनाउनु ठूलो लाग्छ ।