२०८१ असोज ४ गते शुक्रवार

बाघले देब्रे खुट्टा छिनालेको अवस्थामा फेला प¥यो थापाको शव

दाङ, पुस १८ । कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० बर्षीया नन्दकली थापाको शव फेला परेको छ ।

थापालाई गएराति बर्दिया राष्ट्रिय निकुञ्जको बाघले मोटरसाईकल बाटै झम्टिएर लगेको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रबक्ता डिएसपी योगेन्द्र खड्काले शनिवार मध्यान्हः १२ बजेतिर थापाको शव घटनास्थल नजिकै फेला परेको बताए ।

‘घटनास्थल भन्दा तीनसय मिटर दक्षिण पश्चिमा उहाँको डेथबडी फेला परेको छ,’ डिएसपी खड्काले भने ‘ बाघले अनुहार र दुबै पिडौला खाएको छ । देब्रे खुट्टा शरिरदेखि अलग गरेको अवस्थामा शव फेला परेको छ ।’

शुक्रवार राति पूर्व बाँकेको कोहलपुरवाट पश्चिम कैलालीस्थित घर जान लागेका आमा छोरा सवार मोटरसाईकलमा बाघले झम्टिएर थापालाई घिसार्दै जंगलमा लगेको थियो ।

मोटरसाईकल उनका छोरा २२ बर्षीय सञ्तोष थापाले चलाएका थिए ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्रवार राति दश बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाईकलको पछाडि सवार सञ्तोषकी आमा नन्दकली सवार थिइन ।

छोरा सञ्तोषले मोटरसाईकल अलि स्लो भएको समयमा बाघले उनकी आमालाई झम्टिएर मोटरसाईकलबाटै लगेको प्रहरी समक्ष बताएका छन् ।

बाघको आक्रमणबाट मोटरसाईकल ढलेको र पछि आफुले निकुञ्जका सुरक्षाकर्मीलाई खवर गरेको भन्ने कुरा सञ्तोषले गरेको प्रहरी अधिकारीले बताएका छन् ।

घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तरगत निकुञ्ज भित्रपर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्ट भन्दा करिव ५÷ ६ किलोमिटर पश्चिममा रहेको जिल्ला प्रहरी प्रबक्ता खड्काले जानकारी दिए ।

बाघले मोटरसाईलकलमा झम्टिएर मानिस बेपत्ता पारेपछि निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना हात्तीबाट खोजीमा निस्केको भएपनि फेला पार्न सकेको थिएन ।

शनिवार विहानै देखि थापाको खोजीका लागि नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली र निकुञ्जको टोली खोजीमा खटिए पछि थापाको शव बाघले आएको अवस्थामा फेला परेको डिएसपी खड्काले बताए ।

बाघले गुडिरहेको मोटरसाईकलमा झम्टिएर मानिस मारेको यस्तो घटना हालसम्म नेपालमा कहिलै सुनिएको थिएन ।

 

प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *