दाङ, पुस १६ । चारवटा राजनीतिक दल आवद्ध महिला संगठन र सांसदहरुले सभामुुख अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन ।
अखिल नेपाल महिला संघकी संयोजक अमृता थापा, समाजबादी महिला संघ नेपालीकी अध्यक्ष निर्मला यादव, अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन र बिबेकशिल साझा महिलाकी अध्यक्ष समिक्षा बास्कोटाले संयुक्त रुपमा सभामुख सापकोटलाई बिहीवार दिउँसो ध्यानाकर्षण पत्र बुझाएका हुन ।
उनले बुझाएको ज्ञापन पत्रमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले हठा्त गरेको प्रतिनिधिसभाको विघटन असंबैधानिक र अलोकतान्त्रिक रहेको हुँदा त्यो फिर्ता गरि संसद पुनःस्थापना हुनुपर्ने उल्लेख छ ।
उनीहरुले बैशाखमा मध्याबधी चुनाव संभव नरहेको र भएपनि तयो चुनाव गराउँदा ठूलो धन राषि खर्च हुने हुँदा त्यसको औचित्य नरहेको आशय व्यक्त गरेका छन् ।
चुनाव गराउने पैंशाले विकाश गर्न सकिने तथा कोभिड–१९ बाट सर्वसाधारणलाई बचाउन खर्च गर्नुपर्ने कुरा ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले संविधानले यहि परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको बताएका थिए । उनले यस अघि पुस ८ गते वक्तव्य मार्फत पनि त्यो कुरा सर्वाजनिक गरेका थिए ।
विधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफूसँधै समर्पित रहने सभामुख सापकोटाले प्रतिवद्धता व्यक्त गरेका छन् ।
राष्ट्रका समग्र पक्षसंग परामर्श गरिरहेको तथा छलफल, सल्लाह लिइरहेको सापकोटाले बताए ।
पुस ५ गते प्रधानमन्त्री ओलीले नेकपा भित्र किचलो बढ्दै गएपछि प्रतिनिधिसभा विभटन गरेर मध्याबधि निर्वाचनको घोषणा गरेका थिए ।
जसको पक्ष र बिपक्षमा विरोधहरु भइहरेका छन् । साथै संसदको माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ।