२०८१ असोज ३ गते बिहिवार

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बुटवल,पुस १५ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको शुद्धोधन गाउपालिका १ का ७० वर्षीय पुरुषको अस्पतालमा मृत्यु भएको हो ।

मंसिर २८ गते कोरोना संक्रमण भएका ती पुरुष पुस १४ गते अस्पताल भर्ना भएकामा बुधबार बिहान सवा ५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताए ।

संक्रमित पुरुष उच्च रक्तचापका दीर्घरोगी थिए ।

प्रकाशित मिति : २०७७ पुष १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *