२०८१ भाद्र २६ गते बुधवार

२४ घन्टा बित्दापनि ठक्कर दिने गाडी पत्ता लागेन

तुलसीपुर, पुस १५ । सवारी दूर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु भएको २४ घन्टा पुग्दा समेत ठक्कर दिने गाडी पत्ता लाग्न सकेको छैन ।

मंगलवार विहान सवा ६ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं। १ सुनडबरीमा एक जना पैदल यात्रु गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।

उनलाई छटपटाई रहेको अवस्थामा प्रहरीले उद्धार गरि लमही अस्पताल पु¥याएको थियो ।

अन्दाजी ५० जस्ता देखिने ती ब्यक्तिको मंगलवार बिहान भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा विहान पौने १२ तिर मृत्यु भएको थियो ।

पहाडी मुलका जस्ता देखिने ती व्यक्तिको पनि हालसम्म पहिचान खुल्न सकेको छैन ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार प्रहरीले ठक्कर दिएर भाग्ने गाडीको खोजी गरिरहेको भएपनि हालसम्म कुनैपनि सुराक फेला पार्न सकेको छैन ।

शव भेरी अस्पतालबाट मंगलवार लमही अस्पतालमा ल्याएर राखिएको डिएसपी खड्काले बताए ।

प्रकाशित मिति : २०७७ पुष १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *