तुलसीपुर,पुस१४ । नेपाल पत्रकार महासंघ दाङका सदस्य तथा प्रेस युनियन दाङका कार्यसमिती सदस्य प्रेम पुनको ममतामयी आमाको निधन भएको छैठौ दिनमा मंगलवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेरले सञ्चारको पहुंच देखि टाढा दुर्गमवस्ति मलई वाट समाज रुपान्तरण साथै पत्रकारीताको क्षेत्रमा पुन परिवाले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ दाङका सल्लाहकार सुदिप गौतमले एक दशकदेखी निरञ्तर पत्रकारितामा लागीरहेका पुनले खेलेको भुमिका अतुलनिय रहेको बताएका थिए।
कार्यक्रम नेपाल पत्रकार महाँसंघ, नेपाल प्रेस युनियन, प्रेस संगठन र प्रगतिशिल पत्रकार संघको संयुक्त आयोजनामा भएको थियो ।
सो अवसरमा नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस संगठनका प्रेम वहादुर राम्जा, छहरा अनलाईनका अध्यक्ष झुपु क्षेत्री लगाएतकाले श्रद्धान्जली मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा धन्यवाद ज्ञापन स्व पुनका छोरा प्रेम पुन गरेका थिए भने सहजिकरण पत्रकार महासंघ दाङका सह-सचिव सर्मिला डिसीले गरेकी थिइन्।
ववई गाँउपालिका ७ मलैखोला निवासी स्व तुलसी कुमारी पुनको ६८ वर्षको उमेरमा यहि पौष ८ गते असामयीक निधन भएको थियो ।
।