काठमाडौं, पुस १४ । नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको निरुङकुश प्रबृतिको अन्त्य भएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेपालले पूर्वराजा ज्ञानेन्द्र र ओलीको प्रबृति एउटै भएको आरोप लगाए ।
नेपालले भने–‘निरंकुशताको बाटो समातेका ओली एण्ड कम्पनीको आयु सकियो।’ नेपालले ओलीलाई गणतन्त्रको माया नभएको र पार्टी अनुशासन र बैठकको मतलब नरहेको हुँदा समस्या उत्पन्न भएको बताए । ओली व्यक्तिवादी र चरम गुटवादी रहेको पनि नेपालले आरोप लगाए ।
तर, उनले अझै आफुहरुले ओलीलाई सुध्रने ठाउँ राखेर पार्टीबाट ननिकालेको तर्क गरे ।
तै नेपालले आफै बालुवा पेलेर तेल निनिस्कने र ओलीपनि कहिलै सुध्रने छाँट नरहेको टिप्पनी गरे ।
‘भीरमा गएको गोरूलाई रामराम भन्ने हो काँध थाप्न सकिन्न,’ उनले भने।ओली अब प्रधानमन्त्री हुन नमिल्ने र उनी कामचलाउ हैसियतमा पुगेको नेपालले टिप्पनी गरे ।
त्यस्तै उनले ७० प्रतिशत केन्द्रीय सदस्य भएको आफूहरू नै आधिकारिक नेकपा भएको दाबी अध्यक्ष नेपालले गरे ।