दाङ,पुस १३ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै छ।
मुलुकका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन र सभा गर्न लागेको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद् विघटन गरेपछि कांग्रेसले पहिलो पटक देश व्यापी रुपमा प्रदर्शन गर्न लागेको हो ।
संसद विघटन भएपनि ६ गते नै कांग्रेसको पदाधिकारी बैठकबाट सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको भनेको थियो।
कांग्रेसभित्र निर्वाचनलाई उपयोग गर्ने कि विघटन विरुद्ध आन्दोलन गर्ने भन्ने दुइमत देखिएका बेला पछिल्लो केन्द्रीय समितिको बैठकले प्रदर्शन गर्ने सडक आन्दोलन गर्ने निर्णय गरेको थियो ।
यसैबिच नेपाली कांग्रेस दाङले पनि जिल्लाका विभिन्न स्थानमा बिरोध प्रर्दशन गर्दै छ ।
प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार