२०८१ असोज ५ गते शनिवार

सोमबार दाङमा हुने विरोध सभामा उपस्थितिका लागि आह्वान

तुलसीपुर, पुस १२ । नेपाली काँग्रेस क्षेत्र नं. ३ ले सोमबार तुलसीपुरमा विरोध पर्दशन गर्ने तयारी पुरा भएको जनाएको छ ।

क्षेत्रीय सभापति जगतबहादुर खड्काले संसद विघटनका विरुद्ध हुने पर्दशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको असंबैधानिक कदमा बिरुद्ध सबै लोकतन्त्रबादीहरुलाई सडकमा उत्रन आग्रह गरिएको सभापति खड्काले जानकारी दिए ।
संसद विघटनको बिरोधमा र्याली गर्दै बिरोध सभाको समेत आयोजना गर्ने भएको छ ।

तुलसीपुरस्थित क्षेत्रीय पार्टी कार्यालयबाट सुरु हुने ¥याली बीपी चोकमा आएर कोणसभामा परिणत हुने क्षेत्रीय सभापति खड्काले बताए ।
¥याली बिहान ११ बजेदेखि सुरु हुने खड्काले जानकारी दिए ।

संसद विघटनको बिरोधमा नेपाली कांग्रेसले सोमबार देशब्यापी बिरोध कार्यक्रम गर्ने तयारी गरेको छ ।

क्षेत्रगत रुपमा हुने बिरोध कार्यक्रमको लागि नेपाली काँग्रेसका क्षेत्रीय सभापतिहरुले तयारी पुरा भएको जानकारी दिएका छन ।

दाङ क्षेत्र नम्बर २ ले पनि बिरोध कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएको छ । । क्षेत्र नम्बर २ का सभापति भुपवहादुर डाँगी र सचिव बद्री खड्काले विज्ञप्ती जारी गर्दै सोमबार हुने बिरोध सभामा सहभागी हुन सबैमा अपिल गरेका छन् ।

‘संसद विघटन गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र अमर्यादित काम गरेको छ,’ जारी विज्ञप्तीमा भनिएको छ ‘आम नेपालीहरुले प्राप्त गरेको लोकतन्त्रलाई खोस्ने वर्तमान सरकारको असंवैधानिक कदमका बिरुद्ध हामी सबै सडकमा जानुको बिकल्प छैन।’

उनीहरुले बिरोधसभा कांग्रेसको मात्रै नभई आम सर्वसाधारण नागरिक सबैको खवरदारी सभा भएको उल्लेख गरेका छन् ।

विहान ११ वजे देखि कांग्रेस क्षेत्र नम्बर २ ले घोराहीमा बिरोध र्याली सहित सभा गर्ने जानकारी दिएको छ ।

त्यसका लागि विहान ११ बजे कांग्रेसको पार्टी कार्यालयमा उपस्थित हुन कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता लगाएत शुभेच्छुक एबं आम सर्वसाधारणहरुमा अपिल गरेको छ ।

प्रकाशित मिति : २०७७ पुष १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *