२०८१ बैशाख १३ गते बिहिवार

प्राबि कुमालगाउँका १ सय विद्यार्थीलाई पोशाक वितरण

तुलसीपुर, पुस १० । लायन्स क्लव आफ दाङ, लियो क्लव अफ दाङ तुलसीपुर र लायन्स क्लव अफ त्रिसिदेश्वरीले विद्यार्थीलाई पोशाक बाँडेका छन् ।उनीहरुले मिलेर शुक्रवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमकेस्थित वाल प्रावि कुमालगाउँका एक सय विद्यार्थीलाई एक सय थान स्कूल पोषाक वितरण गरेका हुन ।

तुलसीपुरको विकट मानिने उक्त विद्यालयमा अध्यनगर्ने अधिकाँस दलित समुदायका बालबालिका छन् । सामाजिक संघ संस्थाबाट पोशाक पाउँदा विद्यार्थी प्रफूल्ल देखिन्थे ।

उक्त विद्यालयमा कुल एक सय ४० विद्यार्थी मध्य निम्न आयस्रोत भएका र विपन्न परिवारका बालबालिको शिक्षामा सहयोग पुगोस भनेर विद्यालय पोशाक सहयोग गरिएको लायन्स क्लव अफ दाङका अध्यक्ष शुरेस हमालले जानकारी दिए ।

लायन्स क्लव अफ दाङले आफ्नो बार्षिक कार्यक्रममा हरेक बर्ष यस्तै सामाजिक सेवाका अभियान सञ्चालन गर्दै आएको लायन्स क्लव अफ दाङका निवर्तमान अध्यक्ष यज्ञबहादुर केसीले बताए ।

कार्यक्रममा लायन्स क्लव अफ दाङका पुर्व अध्यक्ष तथा क्लिन तुलसीपुर, ग्रिन तुलसीपुरका अभियन्ता विमल रिजालले सिमान्तकृत समुदायलाई सहयोग गर्नु लायन्सको धर्म रहेको भन्दै भविस्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर १ का वडाध्यक्ष लक्ष्मण भण्डारीले सवै क्षेत्रमा रहेका समस्या वडा सरकार मात्रैले सम्वोधन गर्न नसक्ने हुँदा सामाजिक संघ संस्थाहरुले हातेमालो गर्न जरुरी रहेको तर्क गरे ।

कार्यक्रमका विशिष्ठ अतिथि तथा लायन्स क्लव एरिया चिफ युवराज थपलियाले लायन्स क्लवले हरेक बर्ष यस्ता सामाजिक कार्यक्रम गर्दै समाजिक उत्तरदायित्व निर्वाह गरेकोमा खुसी साटे ।

प्रकाशित मिति : २०७७ पुष १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *