२०८१ भाद्र २५ गते मङ्गलवार

संसद्‍ विघटन असंवैधानिक भन्दै प्रचण्डले भने-अदालतप्रति हाम्रो भरोसा छ

काठमाडौं,पुस १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतप्रति आफूहरुलाई भरोसा रहेको बताएका छन्।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक भन्दै अदालतको भरोसा आफूहरुलाई रहेको बताएका हुन्।

प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘यत्तिबेला सात दशक लामो संघर्षबाट आएको यो संविधान र त्यसबाट प्राप्त लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्ने दायित्व हाम्रको काँधमा छ’, प्रचण्डले भने, ‘मुद्दा अदालतमा छ। हाम्रो अदालतप्रति भरोसा छ।’

संसद् विघटनको निर्णय असंवैधानिक भएकोसमेत उनले बताएका छन्। ‘संविधानको मर्म, भावना र जनताको चाहना अनुसार एवम् सबै तहतप्काका जनताको भावना अनुसार प्रतिनिधिसभा विघटन असंवैधानिक छ।’

प्रतिनिधिसभा विघटनको निर्णय भएपछि नेकपामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड(माधव नेपालको छुट्टाछुट्टै दुई समूह बनेको छ।

प्रचण्ड–नेपाल समूहले आफ्नो समूह आधिकारिक भएको भन्दै शुक्रबार नै निर्वाचन आयोगमा गएर दाबी प्रस्तुत गरेको छ।

 

 

प्रकाशित मिति : २०७७ पुष १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *