२०८१ भाद्र २६ गते बुधवार

हात, खुट्टा बाङ्गिएका बिरामीको प्रतिष्ठानमा सफल अप्रेसन

घोराही, पुस १० । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा हात, खुट्टा बाङ्गिएर समस्यामा परेका बिरामीको अप्रेसन थालिएको छ ।

रुकुम पूर्वका ११ बर्षीय त्यस्तै समस्या भएका बालको अप्रेसन गरि हात सिधा पारिएको छ ।

बालक सुमन रोका रानाको चार महिना अघि हात भाँचिएको थियो । त्यसपछि उनको हातमा सामान्ने प्लाष्टर गरिएको थियो । तर, उनको हात बाङ्गिएर समस्या उत्पन्न भएपछि रानाका अभिभावक प्रतिष्ठानमा उपचारका लागि आएका थिए ।

रानाको बाङ्गिएको हातको सफल अप्रेसन भएपछि बालक राना र उनका अभिभावक खुसी भएका छन् ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक, हाडजोर्नी विशेषज्ञ डा। सागर पन्थीसहितको चिकित्सक, स्वास्थ्यकर्मी, नर्सको टोलीले ती बालकको सफल अप्रेसन गरेको हो । बालकको स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

अस्पताल निर्देशक पन्थीले अहिले प्रतिष्ठानमा पुराना हात,खुट्टा बाङ्गिएकाहरुको सफल अप्रेसन सुरु भएको र त्यसबाट पीडितहरुलाई उपचारका लागि आउन आग्रह गरेका छन् ।

त्यस्तै उनले सामान्यतया हात÷खुट्टामा प्लष्टर मात्रै गर्दा पछि हात, खुट्टा बाङ्गिदै जाने समस्या उत्पन्न हुने हुँदा त्यसो नगर्न सुझाएका छन् ।

यसअघि यस्ता समस्या उत्पन्न भए जिल्ला बाहिर उपचारका लागि लैजानु पर्ने बाध्यता थियो ।

 

प्रकाशित मिति : २०७७ पुष १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *