२०८२ असार ३० गते मङ्गलवार

तराईमा बाक्लो हुस्सु, भोलिदेखि मौसम सफा रहने अनुमान

काठमाण्डौ,पुस ८ । पश्चिमी वायुको प्रभावका कारण अहिले प्रदेश एक बाहेकका ठाउँमा आंशिक बदली भइरहेको छ ।

अहिले गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए ।

उनका अनुसार बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहेको छ । आज देशका केहि ठाउँहरुमा आंशिक बदली हुने र भोलिदेखि केहि दिन मौसम सफा रहने मौसमविद् मानन्धरले बताए ।

आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्रीमा झरेको थियो । आज अधिकतम तापक्रम १८–२० डिग्री पुग्ने संभावना छ ।

भोलिबाट भने केहिदिन मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यहि मौसमी प्रणाली रहिरहे तत्काल तराईमा शितलहरको सम्भावना नरहेको मौसमविद् मानन्धरको भनाई छ ।

आज राति वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी स्थानमा मौसम सफा रहनेछ ।

प्रकाशित मिति : २०७७ पुष ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *