२०८१ असोज ४ गते शुक्रवार

अपांगता व्यक्तीलाई लत्ताकपडा तथा खाद्यन्न सामाग्री वितरण

तुलसीपुर,पुस ३ । तुलसीपुरमा अपांगता भएका व्यक्तीहरुका लागि राहत (लत्ताकपडा तथा खाद्यन्न ) सामाग्री वितरण गरिएको छ ।

शुक्रवार एक कार्यक्रमका बिच राप्ती बहिरा सघं दाङको आयोजना तथा राष्ट्रिय अपांग महासघं लुम्बिनी प्रदेशको समन्वय एवं सि.आइ.बि नेपालको सहयोगमा न्युन आर्थिक अवस्था भएका अपांगता व्यक्तीहरुलाई उक्त सामाग्री वितरण गरिएको हो ।

राप्ती बहिरा सघं दाङका अध्यक्ष अजय कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नं १० का अध्यक्ष कुमार लामिछानेले अपागंताको क्षेत्रमा राप्ती बहिरा सघंले गरेको कार्य अनुलनीय रहेको भन्दै सघंको प्रसंसा गरे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठ,नेपाल पत्रकार महासघं दाङका सह–सचिव सर्मिला डिसी,दिदिघर संस्थाका सञ्चालक स्यानी चौधरी,नगरस्तरिय अपागं सञ्जालका सह–सयोजक सुरेश बिक लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

राप्ती बहिरा सघंका निर्देशक प्रतिमा शर्माले कार्यक्रमबारे प्रकाश पारेकी थिइन् भने सहजीकरण सघंका कार्यक्रम संयोजक देभा डाँगीले गरेकी थिइन ।

सो अवसरमा जिल्लाको तुलसीपुर,शान्तिनगर र लमहीका गरि १० जना अपागंता व्यक्तीहरुलाई चामल,बल्याङ्केट,चिनि,सरफ,साबुन,नुन,तेल,सेनेटरी प्याड,टोपी लगाएतका खाद्यन्न सामाग्रीहरु वितरण गरिएको थियो ।

 

प्रकाशित मिति : २०७७ पुष ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *