काठमाडौं, मंसिर ३० । उखु किसानलाई पैंशा नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय सरकारले गरेको छ।
मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।
उखु किसानको पैसा भुक्तानी नदिने उद्योगीहरुलाई पक्राउ गरेर कारवाही गर्ने निर्णय गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले गरेको हो ।
उक्त बैठकमा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी सामेल थिए ।
उखु किसानले हाल काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । उखु मिल सञ्चालकबाट पैंसा नपाएपछि सिराहाबाट काठमाडौं गएर उखु किसानले काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उखु किसानको आन्दोलनमा एैक्यबद्धता जनाइ सकेको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर ३० गते मङ्गलवार