तिर्थराज ज्ञवाली, देउखुरी, मंसिर ३० । राप्ती गाउँपालिका वडा नं। ७ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
वडा तथा गाउँपालिकाको तर्फवाट ७४ वर्षदेखि ७७ वर्ष उमेर समुहका ६५ जना जेष्ठ नागरिकलाई न्यानो कपडा, फाइवर सिरक वितरण गरिएको हो ।
राप्ती गाउँपालिक महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले राप्ती गाउँपालिका भरिका ८० वर्ष माथिका ३ सय १४ जना जेष्ठ नागरिकलाई ती सामाग्री वितरण गरेको हो ।
वडा अध्यक्ष विद्याशरण चौधरीले जेष्ठ नागरिकलाई जाडोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको बताए ।
वडा कार्यलयमा कार्यक्रमको आयोजना गरि गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरीले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण अभियानको सुरुवात गरेकी हुन ।
त्यस्तै वडा कार्यालयसम्म आउन नसक्ने जेष्ठ नागरिकलाई जनप्रतिनिधि तथा कर्मचारी घरमै गएर न्यानो कपडा वितरण गरिएको कर्मचारी परशुराम चौधरीले जानकारी दिए ।