२०८१ भाद्र २६ गते बुधवार

बाँकेमा ५४ बर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

दाङ, मंसिर २९ । बाँकेमा कोरोना संक्रमित ५४ बर्षीय एक पुरुषको मृत्यु भएको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं। १५ का ५४ बर्षीय पुरुषको गएराति साढे १२ बजे भेरी अस्पताल नेपागञ्जमा मृत्यु भएको बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

ती व्यक्ति मंसिर २२ गते कोरोना संक्रमन पुष्टि भएकै दिन भेरी अस्पताल भर्ना भएका थिए ।

यो संगै बाँकेमा बाहिरी जिल्लावाट उपचारका लागि लगिएका ६९ जनाको संक्रमितको मृत्यु भएको जिल्ला फोकल पर्सन वलीले बताए ।

त्यसैगरी बाँके जिल्लाका थप ४१ जनाको हालसम्म मृत्यु भएको छ । सबै गरि कुल १ सय १० जना संक्रमितको हालसम्म बाँकेमा मृत्यु भएको जिल्ला फोकल पर्सन वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *