२०८१ भाद्र २८ गते शुक्रवार

गुडिरहेको बसमा आँफै आगो लाग्यो

यात्रु भागेर ज्यान जोगाए

तस्विर – देविराम कुसारी ।

तुलसीपुर,मंसिर २९ । दाङको तुलसीपुरवाट नेपालगञ्ज जाँदै गरेको बसमा आफै आगलागी भएको छ ।

तुलसीपुरबाट बिहान साढे ५ बजे नेपालगञ्जका लागि छुटेको रा  १ ख २३७४ नम्वरको बसमा आफैं साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियामा आगो लागेर बस ध्वस्त भएको छ ।  

बस अम्बिकेश्वरी यातायात प्रालीको हो । बसका चालक पतिराम चौधरीले गुडिरहेको बसमा एकाएक आगो लागेको जानकारी दिए । 

उनले बताए । चालक चौधरीका अनुसार बसमा १३ जना जति यात्रु सवार थिए । बसको ब्याट्रीको तारमा विद्युत सर्ट भएर आगो लागेको चालक चौधरीले फरककोणलाई बताए । 

सुरुमा अगाडिको भागमा आगो देखिएपछि राकेर त्यो निभाउन खोज्दा संभव नभएको चौधरीले जानकारी दिए । यो खवर तयार पार्दै गर्दा चाकल चौधरीले बसमा पुरै आगो दन्किरहेको र तुलसीपुर उपमाहानगरपालिकालाई फोन गरि दमकल मागेको बताए । 

यसैबीच इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहले पनि व्याट्रीको वाइरिङ सर्ट भएर बसमा  आगो  सल्किएको भन्ने खवर पाएको फरककोणलाई बताए । 

डिएसपी सिंहले घटनास्थलमा दमकल पुगिसकेको जानकारी दिए । उनले मानविय क्षति नभएको पनि बताए । केही दिन पहिले पनि काठमाडौंबाट दाङ तर्फ आइरहेको बस कपिलबस्तुमा यसैगरी आगो लागेर ध्वस्त भएको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *