अर्घाखाँची,मंसिर २८ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर २ बल्कोट र ४ केरङ्गाका बासिन्दा १८ वर्षपछि लालपुर्जा पाउँदा खुशी भएका छन् ।
२०५९ सालमा तत्कालीन माओवादीले सदरमुकाममा आक्रमण गर्दा जलेर लालपुर्जा नष्ट भएको थियो ।
जलेर नष्ट भएका लालपुर्जा १८ वर्षपछि नापी कार्यालय पुनः नापनक्सा गरी बल्कोटमा ६ सय ५० घरधुरी र केरुङ्गाका एक हजार एक सय ८६ जग्गा धनीलाई लालपुर्जा वितरण सुरु भएको अर्घाखाँचीका प्रमुख नापी अधिकृत खिम रानाले बताए ।
द्वन्द्वका समयमा नक्साबिहीन भएको अर्घाखाँचीका ३१ वडामा जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न सुरु गरिएको पनि रानाले बताए।
प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार