२०८१ भाद्र २३ गते आइतवार

बाँकेमा बिहीवार सम्म १०६ जनाको कोरोनाका कारण मृत्यु

थप २ जना संक्रमितको मृत्यु

दाङ, मंसिर २५ । बाँकेमा कोरोना संक्रमित थप दूई जनाको मृत्यु भएको छ ।

कैलाली जिल्लाको जमुनी २ का ६७ बर्षीय पुरुषको बिहीवार विहान मृत्यु भएको छ । उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा विहान ८ ः ३५ मा मृत्यु भएको बाँकेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सूचना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी मंसिर २० गते अस्पताल भर्ना भएका थिए । उनलाई मंसिर २२ गते कोरोना संक्रमन पुष्टि भएको थियो ।

त्यस्तै कञ्चनपुरको बेलौरी ९ का ४५ बर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।

केन्द्रका सूचना स्रोत व्यक्ति वलीका अनुसार मंसिर १८ गते उनी अस्पताल भर्ना भएका थिए ।

उनको स्वास्थ्यमा सुधार नआएपछि उपचारका क्रममा गएराति पौने १० बजेतिर मृत्यु भएको वलीले जानकारी दिए । उनी मृगौलाका विरामी थिए ।

यो संगै जिल्ला बाहिरवाट बाँकेमा उपचारका लागि ल्याइएका ६७ जनाको मृत्यु भएको छ ।

त्यस्तै बाँकेका थप ४० जना गरि हालम्म बाँकेमा १ सय ६ जनाको कारोनाका कारण मृत्यु भएको केन्द्रका सूचना स्रोत व्यक्ति वलीले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *