काठमाडौँ,मंसिर २५ । पूर्वसांसद तथा दक्षिण कोरियाका लागि नेपालका पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ।
कोरोना संक्रमण देखिएका लामाको गए राति शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।
काभ्रेका लामा वि।सं। २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए। त्यस्तै २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए ।
उनी जीवनभरी नेपालको कम्युनिस्ट आन्दोलनमा सामेल भए।
लामा पहिचानको आन्दोलनमा समेत सहभागी भएर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए।
इमान्दार नेताको रुपमा चिनिने लामा कोरोना संक्रमणपछि १५ दिनदेखि अस्पतालमा भर्ना भई उपचाररत थिए।
प्रकाशित मिति : २०७७ मङ्सिर २५ गते बिहिवार