२०८१ भाद्र २३ गते आइतवार

डोटीमा जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो

डोटी,मंसिर २१ । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

उपचार गर्न लैजाँदै गर्दा अर्का एक बालकको पनि मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । यसअघि तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको महिन्द्रा जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौताराका वडा सचिव ९नायब सुब्बा० वर्ष २८ की मञ्जु त्रिपाठी, उनकी सासू आमा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका–४ चनेकेसैनका कृषि प्राविधिक हरिनारायण भट्टको घटनास्थलमै मृत्यु भएको छ।

मृतक मन्जु त्रिपाठीका चार वर्षीय छोराको उपचारका लागि दिपायल लैजाने क्रममा बाटोमा नै मृत्यु भएपछि दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

दुर्घटनामा ग्लोबल आईएमई बैंकको बोगटान शाखामा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र जिप चालक कैलाश बम घाइते भएका छन् ।

जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । घाइतेको उद्धार र शव संकलनको कार्य जारी छ । स्थानीय, गाउँपालिकाका कर्मचारी र प्रहरी उद्धारमा खटिएका छन् ।
घाइतेहरूलाई उपचार गर्न दिपायल पठाइएको घटनास्थलमा उद्धारमा खटिएका बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए ।

डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । उपचार गर्न लैजाँदै गर्दा अर्का एक बालकको पनि मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । यसअघि तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको महिन्द्रा जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौताराका वडा सचिव ९नायब सुब्बा० वर्ष २८ की मञ्जु त्रिपाठी, उनकी सासू आमा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका–४ चनेकेसैनका कृषि प्राविधिक हरिनारायण भट्टको घटनास्थलमै मृत्यु भएको छ।

मृतक मन्जु त्रिपाठीका चार वर्षीय छोराको उपचारका लागि दिपायल लैजाने क्रममा बाटोमा नै मृत्यु भएपछि दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

दुर्घटनामा ग्लोबल आईएमई बैंकको बोगटान शाखामा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र जिप चालक कैलाश बम घाइते भएका छन् ।

जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । घाइतेको उद्धार र शव संकलनको कार्य जारी छ । स्थानीय, गाउँपालिकाका कर्मचारी र प्रहरी उद्धारमा खटिएका छन् ।

घाइतेहरूलाई उपचार गर्न दिपायल पठाइएको घटनास्थलमा उद्धारमा खटिएका बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए ।

जिप राति करिब १ः३० बजे दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् ।

यसअघि गत शुक्रबार राति हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *