२०८१ बैशाख ८ गते शनिवार

बाँकेमा यादव र गुप्ता समुहबीच झडपमा परि एक जनाको मृत्यु

दाङ, मंसिर १६ । यादव र गुप्ता समुहका बीचमा झडप हुँदा बाँकेमा एक जनाको मृत्यु भएको छ भने थप नौं जना घाइते भएका छन् ।

जिल्लाको जानकी गाउँपालिका वडा नं। ५ बनियाँ गाउँमा यादव र गुप्ता समूहका बीचमा झडप हुँदा स्थानीय ५४ बर्षीय धनिराम यादवको मृत्यु भएको छ।

टाउकोमा गहिरो चोट लागेका उनको बेलुका ८ बजेतिर नेपालगञ्ज नरसिंह अस्पतालमा मृत्यु भएको हो ।

पुरानो रिसिबीका कारण सोमवार बेलुका ६ बजेतिर यादव र गुप्ता समुहका बीचमा स्थानीय मेलामा झडप भएको थियो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुवाश खड्काका अनुसार हरेक बर्ष पूर्णिमाको अवसरमा लाग्ने मेला सोमवार बेलुका गुरुवा गाउँ लागेको थियो ।

त्यही मेलामा सुरुमा बाबुलाल यादवको समूहले नरेश गुप्तामाथि बेलुका ६ बजेतिर कुटपिट गरेपछि दूई समुहका बीचमा झडप भएको हो । डिएसपी खड्काका अनुसार उक्त झडपमा लाठीको समेत प्रयोग गरि एक समुहले अर्कौ समुहलाई निर्घात कुटाकुट गरेको थियो ।

सोही झडपमा परि थप नौं जना घाइते भएका छन् । उनीहरुको नरसिंह अस्पताल नेपागञ्जमा उपचार भइरहेको छ । घाइते मध्य रामनारायण गुप्ताको अवस्था मध्यम रहेको छ । उनको पनि टाउकोमा चोट रहेको छ ।

अन्यको अवस्था भने सामान्ने बन्दै गएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले झडपमा संलग्न ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । अझैं केही फरार रहेको तथा उनीहकरुको खोजी जारी रहेको डिएसपी खड्काले बताए ।

झडपले गाउँमा तनाव भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि झन्डै एक सय २५ बढी सुरक्षाकर्मी रातभर गाउँमा परिचालन गरिएको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *