२०८१ बैशाख ७ गते शुक्रवार

बस व्यवसायी र कर्मचारीले गरे आफैं बसपार्कको सरसफाई

 

तुलसीपुर, मंसिर १५ ।  तुलसीपुरका बस व्यवसायी र कर्मचारी मिलेर तुलसीपुर बसपार्कको सरसफाई गरेका छन् ।सोमवार विहान तुलसीपुर क्षेत्रका सम्पूर्ण यातायात प्रालिको पहलमा बसपार्कको सरसफाई भएको अम्बिकेश्वरी यातायात प्रालिका कर्मचारी रोहित न्यौपानेले बताए ।

पछिल्लो समय बसपार्कमा जथाभाबी फोहर फाल्न थालेपछि त्यसको आलोचना भइरहेको थियो । सामाजिक सामजिक सञ्जाल प्रयोग कर्ताले पनि बस पार्कको फोहरका फोटो र भिडियोहरु राख्दै आएका थिए ।चिटिक्क परेको बसपार्कमा कसैले पनि अनुसाशन नसिकाउँदा र फोहर राख्नलाई ठाउँ ठाउँमा डष्टविनहरु समेत नहुँदा यात्रु तथा त्यहा पुग्ने मानिसहरुले मनपरी यत्रतत्र फोहर फाल्दै आइरहेका छन् ।

त्यसले चिटिक्क परेको बसपार्क फोहरले भरिन पुगेका छ । त्यहाँ मनपरी फोहर गरिनु हुन्न र बसपार्क सफा राख्न सबैले भूमिका खेल्नु पर्छ भन्ने सन्देश दिन यातायात व्यवसायी र कर्मचारी मिलेर आफै सरसफाई गरेको रोहित न्यौपानेले बताए ।

बस पार्क बनाउने तुलसीपुर उपमहानगरपालिकाले त्यहा फोहर फाल्ने भाँडाहरु ठाउँ ठाउँमा राख्न अति आवश्यक रहेको न्यौंपानेले सुझाए । अनि त्यसपछि पनि कसैले मनपरी फोहर फाल्छ भने भन्न र कारवाही गर्न सहज हुने उनको बुझाई छ ।

सरसफाई कार्यक्रममा यातयात मजदुर संगठनका अध्यक्ष केशबबहादुर भण्डारी, अम्बिकेश्वरी यातायात प्रालिका भिमबहादुर केसी, कर्मचारीहरु शिबु रजौरे, अमर केसी लगाएतले बसपार्क सरसफाई गरेका हुन ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *