२०८१ माघ ३० गते बुधवार

यूवा नेतृत्वका लागि निश्चित सीट आरक्षण आवश्यक : दीपक गिरी

काठमाण्डौं, मंसिर २१ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले पार्टीको खुल्ला केन्द्रिय सदस्यमा कम्तिमा ३५ पद सुरक्षीत गर्नुपर्ने सुझाएका छन । उनले ३० देखि ४५ वर्ष उमेर समूहका यूवालाई केन्द्रिय समितीमा कम्तिमा दुइ देखि पाँच सिट सम्म आरक्षीत गर्नुपर्ने पनि बताए ।

केन्द्रिय कार्यसमितीको सानेपामा जारी वैठकमा आज आफ्नो धारणा राख्दै काँग्रेस नेता गिरीले तरुण दलको नाम परिवर्तन गरि यूवा काँग्रेस राख्नु पर्ने पनि बताए । विधानको प्रस्तावनामै पार्टीका लागि जीवन बलिदान गर्ने रामेश्वर, कुशेश्वर तथा राम लक्ष्मण लगाएत सहिदहरुलाई सम्झनु पर्ने पनि नेता गिरीको सुझाव छ । विधान मस्यौदा बारेको छलफलका क्रममा काँग्रेस नेता गिरीले आफ्नो धारणा राख्दै खुल्ला केन्द्रिय सदस्यमा कम्तिमा ३५ सिट सुरक्षीत गर्नुपर्ने बताए ।

सानेपामा जारी केन्द्रिय समिती वैठकमा पदाधिकारी एवं केन्द्रिय सदस्यहरुले आ आफ्नो धारणा एवं सुझावहरु राख्ने क्रममा नेतागिरीले आज आफ्नो धारणा राखेका हुन् । पार्टीको विधानमा समय सापेक्ष संसोधन गर्दै पार्टीलाई अझ जुझारु, चलाएमान तथा आम नेपाली जनताको सुख दुखको साझा चौपारीका रुपमा स्थापित गर्न जरुरी रहेको गिरीको भनाई छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *