तिर्थराज ज्ञवाली
सिसहनिया (दाङ), २१ मंसिर ।
राप्ती गाउँपालिका वडा नम्बर ५ मा जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण तथा नवीकरण शुक्रबारदेखि घुम्ती टोली निर्माण गरी वितरण सुरु गरिएको छ । जेष्ठ नागरिकहरुलाई परिचय–पत्र वितरणमा सहज होस् भनि टोल–टोलमा जनप्रतिनिधि तथा कर्मचारी पुगेर परिचय–पत्र वितरण गरिने वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावतले जानकारी दिए ।
घुम्ती टोलीले राप्ती गाउँपालिका वडा नम्बर ५ मा करिब ४०२ बढी जेष्ठ नागरिकहरुलाई परिचय–पत्र वितरण गरिने साथै नयाँ सामाजिक सुरक्षा भत्ता वितरणको लागि फाराम भर्ने कार्यसमेत गरिने वडा अध्यक्ष गोवर्धन रावतले जानकारी दिए ।
ठूलो भौगोलिक क्षेत्र तथा पहाडी क्षेत्रसमेत रहेको वडा नम्बर ५ को शुक्रबार कालापानी, कमल रोड बजार क्षेत्रका नागरिकको जेष्ठ नागरिक परिचय–पत्र वितरण तथा सामाजिक सुरक्षा भत्ता वितरणको लागि फाराम भर्ने कार्य गरिएको र मंसिर २४ गते पहरुवा, मंसिर २५ गते लट्ठहवा सिङ्गे, पुस १ गते करङ्गे पुनखोलामा टोली गई जेष्ठ नागरिक परिचय पत्र वितरण तथा सामाजिक सुरक्षा भत्ता वितरणको लागि फाराम भर्ने कार्य गरिने वडा सचिव शेरबहादुर हमालले जानकारी दिए ।