तिर्थराज ज्ञवाली
मसुरीया (दाङ), मंसिर १८ ।
राप्ती गाउँपालिका क्षेत्रलाई लैंगीक हिंसारहित क्षेत्र बनाउने अभियानलाई सफल पार्न सबै नागरिक लाग्नको लागि सबैमा गाउँपालिकाले आह्वान गरेको छ । लैंगीक हिंसा र दुब्र्यवहारः छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकाको आयोजनामा राप्ती गाउँपालिका क्षेत्रमा १६ दिन नै विभिन्न कार्यक्रमको आयोजना गरि लैंगीक हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेको छ ।
गाउँपालिकाले नागरिकलाई लैंगीक हिंसा भनेको के हो ? कस्तो प्रकृतिको ब्यवहालाई लैंगीक हिंसा भनिन्छ, लैंगीक हिंसा गर्नेलाई कस्तो सजाय हुनसक्छ, आम नागरिकको लैंगीक हिंसाविरुद्ध कस्तो भूमिका रहन्छ ? भन्ने विषयमा जानकारी रेडियो तथा स्थानीय टेलिभिजन तथा वडा कार्यालयमार्फत सूचित गर्दै जनचेतना फैलाईरहेको अवस्था छ । राप्ती गाउँपालिकामा लैंगीक हिंसाविरुद्ध ¥याली, अन्तरक्रिया, तालिमलगायतका कार्यक्रम सञ्चालन गदै आइएको र महिला मात्र नभई बालबालिका, जेष्ठ नागरिकसमेत हिंसामा पर्ने हुँदा सबैलाई हिंसाबाट बचाउन गाउँपालिकाले कार्यक्रम ल्याएको उपाध्यक्ष जगदम्वा कुमारी चौधरी बताइन् ।
कुटपीटलाई मात्र हिंसा मानिने अवस्था विगतमा रहेको भएपनि आजभोलि लैंगीक हिंसाको परिभाषा विस्तृत भएको र जिस्काउनु, मन नपरेकोले छुनु, गालीगलौच गर्नु पनि लैंगीक हिंसा रहेको हँुदा सबैलाई बुझाउनु आवश्यक रहेको उपाध्यक्ष चौधरीको भनाई छ
लैंगीक हिंसासँग सम्बन्धित विवाद, झैझगडा, गुनासा गाउँपालिकाको न्यायीक समितिमा आउने गरेकोमा हिंसाको प्रकृति अनुसार कानुनी उपचारका लागि परामर्श दिइने साथै जघन्य हिंसा भए कानुनी उपचारको लागि सम्बन्धित कार्यालयमा पठाइने न्यायीक समिति संयोजकसमेत रहेकी उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको भनाई रहेको छ ।
राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले हिंसालाई सामान्य रुपमा लिई कोहि पनि लैंगीक हिंसामा पर्न नुहुने र कसैले पनि त्यस्तो हिंसा गर्न पनि नुहुने बताउँदै सबै नागरिक लैंगीक हिंसाविरुद्ध लाग्न अनुरोधसमेत गरिन् । लिङ्गका आधारमा हुने सबै किसिमका हिंसाका विरुद्ध नागरिकलाई सचेत गराउन राष्ट्रिय अभियान चलिरहेको बेला हिंसाविरुद्ध नागरिकलाई सचेत गराउनु स्थानीय सरकारको दायित्व रहेको हँुदा स्थानीयस्तरमा अभियानका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी लैंगीक हिंसाविरुद्ध राप्ती गाउँपालिकाले समेत अभियान चालेको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बताए ।
मानिस समाजमा सम्मानपूर्वक रहन चाहने हुँदा लैंगीक हिंसा गर्नेलाई सामाजिक रुपमा वहिस्कार गर्न आवश्यक रहेको र लैंगीक हिंसा सामाजिक अपराध भएको हुँदा हिंसा गर्न पनि नहुने र सहन पनि नहुने राप्ती गाउँपालिकाका प्रमुख भुसालले बताए । लैंगीक हिंसामा परेका पीडितहरुले आफू हिंसामा परेको भनि ९० दिनभित्र उजुरी दिएमा हिंसा गर्नेलाई कारवाही हुने, जरिवाना तथा कैदसमेत पीडकलाई हुने र पीडितलाई निशुल्क सहायताको ब्यवस्था समेत रहेको प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको भनाई रहेको छ ।
राप्ती गाउँपालिका एक पहाडी तथा ग्रामीण बस्ती रहेको गाउँपालिकाको रुपमा रहेकोले लैंगीक हिंसा न्यूनिकरणका लागि जनप्रतिनिधि, निगरानी समूह सक्रिय रुपमा लागिरहेको अवस्थामा जनप्रतिनिधि, निगरानी समूहका सदस्यहरुलाई लैंगीक हिंसाविरुद्ध अभिमुखीकरण तालिमको आयोजना गरिएको राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले बताए ।
हिंसा गर्ने ब्यक्तिलाई समाजले बहिस्कार र कानुनले कारवाही गर्ने हो भने हिंसा न्यूनिकरण हुँदै जाने र समाजमा भैरहेका कानुन विपरीत तथा अनैतिक कार्य नै हिंसाको रुपमा मानिने हँुदा समाजमा चेतना ल्याउन आवश्यक रहेकोले गाउँपालिका तथा जनप्रतिनिधि लागिरहेको प्रवक्ता विद्याशरण चौधरीले बताए । राप्ती गाउँपालिकामा चलिरहेको लैंगीक हिंसाविरुद्धको १६ दिने अभियानको मध्य समयमा आईपुग्दा उपलब्धि देखिएको र अभियानले महिला बालबालिका र जेष्ठ नागरिकको क्षेत्रमा काम भैरहेको अनुभूति नागरिकले गर्दै आएको सहायक महिला विकास निरीक्षक विनिता अधिकारीले बताइन् ।