२०८१ चैत्र ४ गते सोमवार

निलसागर आश्रमलाई लमही जेसिजको खाद्यान्न तथा सामाग्री


टेकबहादुर पुन,
दाङ, असोज १० । लमही जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तरगत त्यस्रो दिन शनिबार निल सागर आश्रममा विभिन्न सामाग्री तथा खाद्यान्न सहयोग गरि मनाएको छ ।देउखुरीको सिसहनिया स्थित निलसागर आश्रममा गई अत्याबस्यक ४ वटा टेवल र १० पिस् कुर्चि सहयोग गरेको हो । त्यस्तै देउखुरी उद्योग बाणिज्य सँघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ लगायत सँग सँकलन गरिएको चामल, दाल, नुन लगायतका खाद्यान्न पनि उपलब्ध गराएको लमही जसिजकि अध्यक्ष सपना पाण्डेले बताईन् ।

“मनवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो” भन्ने मुल उद्देश्यका साथ लमही जेसीजले सप्ताह ब्यापी कार्यक्रम मनाईरहेको छ । अशक्त, असाहाय तथा जेष्ठ नागरिकको सेवाका निम्ति सञ्चालनमा आएको निलसागर आश्रम चलाउन नै हम्य हम्य परेको बेला खाद्यान्न तथा कुर्चि टेवल सहयोग गर्ने जेसिज परिवार प्रती आश्रमका शाखा अध्यक्ष प्रकाश बिष्टले धन्यावाद ज्ञापन गरे ।

लमही जेसिजकि अध्यक्ष सपना पाण्डेको अध्यक्षता तथा आश्रमका शाखा अध्यक्ष डा.प्रकाश बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताले निलसागर अब एक्लो नरहेको बताए ।कार्यक्रमका सँयोजक मुकेश चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन लमही जेसीजका महासचिव जय प्रकाश पौडेलले गरेका हुन् । निलसागर आश्रम सिसहनियामा अहिले ३१ जना असाहाय तथा जेष्ठ नागरिक छन् ।

लमही जेसिजले सप्ताह ब्यापी कार्यक्रम अन्तरगत पहिलो दिन बृक्षारोपन गरेको थियो । त्यस्तै दोस्रो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा ३९ जनाले रगत दान गरेका थिए ।त्यस्तै, कार्यक्रमको चौथो दिन आईतबार केशब दिपक शर्माको संयोजकत्वमा जेसिजको बोर्ड स्थापना गर्ने कार्यक्रम रहेको सप्ताह ब्यापी कार्यक्रमका निर्देशक दुलाम दास चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *