२०८१ बैशाख ८ गते शनिवार

प्रजातन्त्र बलियो बनाउन सबै नेता कार्यकर्ताले आँफुबाटै अभ्यास सुरु गरौं – जिल्ला सभापति खड्का

यमकला भुसाल,तुलसीपुर,असोज ९ । नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले वीपीको नामलाई उच्च स्थानमा पु¥याउन त्याग र तपस्याको खाँचो रहेको बताएका छन् ।

शुक्रवार स्कूल अफ डेमोक्रेसी जिल्ला समिति दाङले संविधान दिवसको अवसरमा तुलसीपुरमा आयोजना गरेको पदस्थापन तथा ‘वीपीको प्रजातान्त्रिक समाजवाद र मौलिक हक विषयक’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले देशमा प्रजातन्त्र बलियो बनाउन सबै नेता कार्यकर्ताले आँफुबाटै त्यसको अभ्यास सुरु गर्न जरुरी रहेको तर्क गरे ।

‘नेपाली कांग्रेस संकुचित सोचले सधै पछाडि पर्दै आएको छ,’ सभापति खड्काले भने, ‘अब पार्टी बलियो र क्रियाशिल बनाउन सकारात्मक सोचले एक भएर लाग्न जरुरी छ।’
वीपीको विचार आत्मसाथ गर्न नसक्दा पार्टी विचलनमा पुग्न लागेको उनले बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व सांसद राजु खनालले राजनीतिक स्वतन्त्रताको लागि वीपीले लडेको लडाइ काँग्रेसले कहिल्यै भूल्न नहुने बताए । उनले वीपीको विचारलाई आत्मसाथ गर्न आदर्श भन्दा व्यावहारीक प्रयोगमा ल्याउन आवश्यक रहेको जोड दिए ।

कार्यक्रमलाई पूर्व पार्टी सभापति बिरेकश्वरी गौतम, नेताहरु भरत न्यौपाने, महादेव शाह, कमलकिशोर घिमिरे, नेपाल महिला संघकी केन्द्रिय सदस्य गिरीजा न्यौपाने, महासमिति सदस्य देविका नेपाली, क्षेत्र नं २ का क्षेत्रीय सभापति भुपबहादुर डाँगी,जिल्ला कोषाध्यक्ष सावित्रा राणा, कांग्रेस नेता भेषराज पाण्डे, सुवोध डाँगी,अनिल कार्की लगाएतले सम्वोधन गरेका थिए ।

उनीहरुले वीपीको सिद्धान्तलाई टेकेर नेपाली कांग्रेस अगाडि बढे मात्रै प्रजातन्त्रको सही अभ्यास हुने धारणा व्यक्त गरेका थिए ।

समितिको पदस्थापन
सो अवसरमा स्कूल अफ डेमोक्रेसी जिल्ला समिति दाङको पदस्थापन पनि भएको छ ।

स्कूल अफ डेमोक्रेसी जिल्ला समितिको संयोजकमा बिमला योगीलाई चयन गरिएको छ । त्यस्तै सह–संयोजमा सुष्मा गिरी,सचिवमा लिला शाह,कोषाध्यक्षमा गोमा रावतलाई चयन गरिएको छ ।

त्यसैगरि सदस्यहरुमा लोका विक,पीमा खड्का,धनपति यादव, कृष्णा राना, सकुन्तला डिसी, टिका घर्ती, मञ्जु बर्जाचार्य, धुव्र केसी, टंक बुढाथोकी, सुबोध डाँगी, गंगा चौधरी, डण्डीराम विक, पदमा चौधरी, कल्पना न्यौपाने, इन्द्र चौधरी, श्याम रायमाधmी, सुर्यप्रसाद शर्मा, चेतकान्त योगी, कृष्ण खड्का, खेमराज विक, नहकुल केसी रहेका छन् । समितिका पदाधिकारीहरुलाई टिका लगाएर पदस्थापन गरिएको थियो ।

लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यलका साथ स्कूल अफ डेमोक्रेसी समिति गठन गरिएको जानकारी दिइएको छ ।

स्कूल अफ डेमोक्रेसी जिल्ला समिति दाङका संयोजक बिमला योगीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिबक्ता डिल्लीराज धितालले आधारपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रम समितिका सह–संयोजक सुष्मा गिरिको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण सचिव लिला शाहले गरेकी थिइन ।

 

 

 

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *