२०८१ चैत्र ६ गते बुधवार

पाल्पामा पहिरोमा बेपत्तामध्ये ३ जनाको शव फेला

पाल्पा,असोज ९ । पूर्वी पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा पहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ ।

पहिरोले पुरिएर बेपत्ता भएकामध्ये रम्भा गाउँपालिका–२ फोक्सिङकोटकी १७ वर्षीया कृष्णामाया गाहा, १४ वर्षीया खुमीसरा गाहा र ८ वर्षीया लक्ष्मी गाहाको शव शुक्रबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिए ।

घटनामा परि बेपत्ता भएका ६३ वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ४७ वर्षीया धनीसरा गाहाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरी बल र स्थानीय बासिन्दाहरुले बेपत्ताहरुको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहिरोमा पुरिएर बिहीबार बिहानैदेखि बेपत्ता भएका उनिहरुको निरन्तर पानी पर्नुका साथै पहिरो जाने क्रम नरोकिएकोले शुक्रबार बिहानबाट मात्रै बेपत्ताहरुको खोजी कार्य सुरु भएको हो ।

दुई घण्टा पैदल हिँडेर घटनास्थल पुगेको उद्धार टोलीले स्थानीयको सहयोगमा बेपत्ताहरुको खोजी कार्य जारी राखेको पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

अबिरल बर्षासँगै बिहीबार बिहान गएको पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका थिए

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *