२०८१ बैशाख १३ गते बिहिवार

बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु

बुटवल,असोज ९ । बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १० का ७२ वर्षिय पुरुष रहेका छन् ।

उनको बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा आज दिउसो मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले जानकारी दिए ।

स्वास्थ्यमा समस्या भएपछि बिहिबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिभर क्लीनीकमा पुगेका उनमा उच्च ज्वरो देखिएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार बिहान कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

कोरोना पुष्टि भए लगत्तै आईसीयूका लागि कोरोना बिशेष अस्पतालमा पुगे लगत्तै उनको मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले बताए ।

यो सँगै रुपन्देहीमा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *