२०८१ चैत्र ६ गते बुधवार

कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण

सुर्खेत,असोज ९ । पछिल्लो २४ घण्टामा कर्णालीमा थप २९ जनामा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुुकम पश्चिममा गरिएको पीसीआर परीक्षणमा शुक्रबार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सल्यानका १४ जना, सुर्खेतका ८ जना, रुकुम पश्चिम ५ जना, दैलेख र अछामका एकरएकजना रहको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
यो सँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३ हजार ३१६ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार शुक्रबार प्रदेशमा थप ४४ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ७९५ पुगेको छ ।

प्रदेशभर हालसम्मा ४२२ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *