तुलसीपुर, असोज ७ । तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ को बसपार्कमा बुधवार टोल सुरक्षा समितिको बैठक बसेको छ ।
तुलसीपुर ५ का वडा सदस्य तथा टोल सुरक्षा समितिका संयोजक अजय बुढाथोकीको अध्यक्षता र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहको प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै डिएसपी सिंहले जनताको सहयोग र सूचनाले मात्रै अपराध न्यूनिकरणमा सहयोग पुग्ने बताए ।
‘ तपाँई हाम्रो संयुक्त प्रयासले मात्रै समाजमा शान्ति कायम हुन सक्छ र कुनैपनि अपराधिक कार्य नियन्त्रण गर्न सजिलो हुन्छ,’ डिएसपी सिंहले भने ‘ त्यसका लागि तपाँईहरुले समयमै सूचना दिएर प्रहरीलाई सहयोग गर्नुपर्छ।’
तुलसीपुर वडा नं। ५ की कार्यबहाक वडाध्यक्ष सावित्रा गुरुङले टोलको शान्ति सुरक्षाको लागि सबै भन्दा पहिला टोल बासिनै अग्रसर हुनुपर्ने बताइन । कार्यक्रमकी विशिष्ट अतिथि उनले आफ्नो टोलमा कुनैपनि समस्या आउना साथ खवर गर्न र त्यो मिलेर समाधान गर्न तर्फ लाग्न आग्रह गरिन ।
तुलसीपुर बस पार्क प्रहरी विटको आयोजनामा भएको उक्त कार्यक्रममा गोबिन्द बस्नेत, प्रेमप्रकाश मल्ल, दरिभान वली, हरिबहादुर विक, मेधराज घिमिरे, छवि विक, भिम राज अधिकारी, राजकुमार विक, मनोज बस्नेत, हस्त केसीले टोललाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बारेमा आ–आफ्ना सुझावहरु दिएका थिए ।
कार्यक्रम सहजीकरण वस पार्क विटका प्रहरी प्रमुख असई सोमराज हमालले गरेका हुन ।