दाङ, असोज ७ । मामा घर जान भनि हिडेकी एक बालिकाको खोलाले बगाउँदा मृत्यु भएको छ ।
बंगलाचुली गाउँपालिका वडा नं। ८ स्याला निवासी भोजराज सुनारकी ६ बर्षीया छोरी कविता सुनारको स्थानीय खोलाले बगाउँदा मृत्यु भएको छ ।
कविता सोही गाउँपालिकाको वडा नं। ७ को गठीस्थित मामाको घर जान खोज्दा मंगलवार बेलुका ७ बजेतिर नेवारी खोलामा आएको बाढीले बगाएको थियो ।
स्थानीयले पौने ८ बजेतिर उनको शव फेला पारेका थिए । जिल्ला प्रहरी कार्यालय दाङले घटनावारे अनुसन्धान जारी रहेको बताएको छ ।
प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार