दाङ, असोज ७ । बाँकेमा थप एकजना व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । मृतक बर्दियाको ठाकुरद्धारा नगरपालिका वडा नं. ७ निवासी ६४ बर्षीय पुरुष रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुपरमा मंगलवार दिउँसो ४ बजे उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
उनको फोक्सोको देब्रे साईडमा निमोनियाको गम्भीर संक्रमन भएर मृत्यु भएको जानकारी दिइएको छ । असोज ४ गते विहान २ बजे अस्पताल भर्ना भएका उनलाई असोज ५ गते कोरोना संक्रमन पुष्टि भएको थियो ।
यो संगै बाँकेमा कोरोना संक्रमित ११ जनाको मृत्यु भएको छ । त्यसमध्य ४ जना भने बाहिरी जिल्लावाट उपचारका लागि त्यहाँ लगिएकाहरु रहेका छन् । बाँकेका ७ र अछाम, कैलाली, सुर्खेत र बर्दिया जिल्लाका एक÷ एक जना गरि ११ जनाको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए ।