२०८१ चैत्र १२ गते मङ्गलवार

बबईवाट लुकाएर राखेको चिरान काठ बरामद


हेमराज शर्मा,
दाङ, असोज ६ । बबई गाँउपालिका वडा नं. ५ जांैबारीमा अवैद्य चिरान काठ सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाँउपालिका वडा नं. ५ निवासी वर्ष २३ का नवराज खत्री (के.सी.) रहेका छन् । डिभिजन वन कार्यालयका सूचना अधिकारी खिम बहादुर केसीका अनुसार विना ईजाजत अवैद्य रुपमा रुख काटेको हुँदा उनलाई पक्राउ गरिएको हो ।

पुरन्धारा सव डिभिजन वन कार्यालयका सिद्धान्त बरालको नेतृत्वमा सहायक वन अधिकृतहरु. संयोग वस्नेत र विष्णु प्रसाद लामिछाने तथा सशस्त्र वन रक्षक सहितको गस्ति टोलिले उनलाई पक्राउ गरेको हो । खत्रीको घर करेसाबाट साल जातका गोलिया थान ६ को ६.५० क्यू.फिट र सोही ठाउँका भुपाल रोकाको घर करेसामा फेला पारेको चिरान काठ ६.८३ क्यूफिट गरी जम्मा १३.३३ क्यूफिट काठ गस्ती टोलिले बरामद गरेको हो ।

निरन्तर १७ घण्टाको प्रयास पछि ती काठहरु बरामद गरिएको जानकारी दिइएको छ । बरामद काठ ट्याक्टरमा लोड गराई पुरन्धारा सव डिभिजन वन कार्यालय परिसरमा सुरक्षित राखिएको छ ।बबई ५ को खाल्टे भन्ने स्थान सोही गस्ती टोलीले बलबहादुर बुढाथोकीले सालको अवैद्य चिरान काठ थान ६२ को १०१.४० क्यूफिट बरामद गरेको छ ।

उनले काठ लुकाउन अस्थायी छाप्रो निर्माण गरेको अवस्थामा फेला परेको हुँदा त्यो भत्काइएको छ ।घटनाका थप अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकिएको डिभिजनल वन अधिकृत विजयराज सुवेदीले जानकारी दिए । अतिक्रमणकारीलाई वन ऐन २०७६ बमोजिम पाँच वर्ष कैद र विगो असुल गरि १ लाख रुपैया सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २०७७ असोज ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *