२०८१ चैत्र ४ गते सोमवार

रोल्पामा २ महिला ९ किलो अफिमसहित पक्राउ परे

दाङ, असोज ६ । रोल्पा प्रहरीले नौं किलो भन्दा बढी अफिमसहित दूई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुबै महिला रोल्पाकै हुन ।

जिल्लाको थवाङ गाउँपालिका वडा नं। २ ठूलो गाउँ निवासी ३६ बर्षीया विन ज्योति रोका र सोही ठाउँकी ४५ बर्षीया मुली झाँर्कीको साथवाट ९ किलो ८२ ग्राम अफिम बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई सोमवार बेलुकी गाउँपालिका वडा नं। २ छेर्लावाङबाट जिल्लाका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक शंकर खड्काको कमाण्डमा गएको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो ।

टेर्लावाङको गोरेटो बाटोमा हिडिरहेका उनीहरुको झोला चेकजाँच गर्ने क्रममा उक्त परिमानमा चरेश बरामद भएको प्रहरीले बताएको छ ।

रोकाको साथवाट ४ किलो ९३५ किलोग्राम र झाँक्र्रीको झोलाबाट ४ किलो ८८५ ग्राम अफिम बरामद भएको जिल्ला प्रहरी प्रबक्ता खड्काले बताए ।

उनीहरुको साथवाट तराजु र केही सिक्का समेत बरामद भएको हुँदा उनीहरु कारोवारी नै भएको प्रहरीको बुझाई छ ।

आवश्यक अनुसन्धान पछि उनीहरुका विरुद्ध लागुऔषध कारोवार सम्वन्धि मुद्दा चलाउने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *