सोलुखुम्बु,असोज ६ । सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका(५ का वडाध्यक्ष ३९ वर्षीय निमराज तामाङको करेन्ट लागेर मंगलरबार बिहान मृत्यु भएको हो।
बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएका वडाध्यक्षलाई रडले अचानक बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो।
करेन्ट लागेर बेहोस भएका वडाध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रकाशित मिति : २०७७ असोज ६ गते मङ्गलवार