२०८१ चैत्र ३ गते आइतवार

बाँकेमा कोरोनाबाट थप एकजनाको मृत्यु

दाङ,असोज ५ । बाँकेमा थप एकजना कोरोना संक्रमितको सोमवार विहान मृत्यु भएको छ ।सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं. ४ सहारे निवासी ५८ बर्षीय पुरुषको सोमवार विहान ६ ः २५बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

मृतक ज्यान केसका कैदी बन्दी भएको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् । उनी उपचारका लागि सुर्खेतवाट बाँके कारागार हुँदै अस्पताल पु¥याइएका व्यक्ति हुन । बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार पिसिआर परीक्षणका क्रममा उनलाई भदौ २१ गते राति १० बजेतिर कोरोना पुष्टि भएको थियो ।

सामान्ने वार्डमा राखेर उपचार भइरहेकोमा स्वास्थ्यमा समस्या भएपछि उनलाई भदौ २२ गते भेरी अस्पतालको कोरोना आइसोलेनसमा भर्ना गरिएको थियो ।

पुरानो दमको विरामी रहेको तथा स्वास प्रश्वासमा गम्भीर समस्या उत्पन्न भएपछि उनको मृत्यु भएको जानकारी दिइएको छ । योसंगै बाँकेमा ११ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृतकहरु ७ जना बाँकेका र ४ जना बाहिरी जिल्लाबाट उपचारका लागि ल्याइएका व्यक्तिहरु रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *